म्यानमारबाट पनि बाहिरियो आजियटा


  • Himalayan Bank Limited (HBL)
म्यानमारबाट पनि बाहिरियो आजियटा

काठमाडौँ — नेपालमा लगानीको वातावरण नभएको र टेलिकमको बजार खस्किएको भन्दै एनसेलमा रहेको आफ्नो सेयर बेचेर बाहिरिएको आजियटाले अर्को एसियाली देश म्यानमार पनि छोड्ने निर्णय गरेको छ । कम्पनीले बिहीबार गरेको घोषणामा म्यानमारको आफ्नो एदोत्को नामक मोबाइल टावर व्यवसाय नाम नखुलाइएको एक कम्पनीलाई १५० मिलियन अमेरिकी डलरमा बिक्री गरेको घोषणा गरेको हो । 

तर खरिद गर्ने कम्पनी योमा स्ट्राटेजिक होल्डिङको पन टावर इन्भेस्टमेन्ट भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यसअघि डिसेम्बरमा आजियटाले नेपालको प्रमुख टेलिकम कम्पनी एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर ५० मिलियन अमेरिकी डलरमा बिक्री गरेर बाहिरिएको थियो र कम्पनीका यी प्रयासलाई विश्लेषकहरूले ऋणको दायित्व घटाउने प्रयत्नका रूपमा व्याख्या गरेका छन् ।

Read More