मध्यपूर्वमा भूराजनीतिक तनावले पेट्रोलको मूल्य बढेको छ। सम्भावित आपूर्ति अवरोधको चिन्ताले अन्तराष्ट्रिय बजारमा पेट्रोलको मुल्य बढेको विश्लेषण गरिएको छ।
अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आईईए) अनुसार विश्व तेलको माग वृद्धि प्रक्षेपण र सुस्त अमेरिकी ब्याजदर कटौतीको चिन्ताका कारण पेट्रोलको मुल्य एक प्रतिशतले बढेको हो। शुक्रबार विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारेल ९०.४५ डलरमा स्थिर भयो, जबकि युएस वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य बढेर ८५.६६ डलर पुगेको छ।


