सात प्रतिशतले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता


  • Himalayan Bank Limited (HBL)
सात प्रतिशतले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्ष  २०८०/८१ को ९ महिनामा ३० अर्ब नौ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। 

यो अघिल्लो वर्षको सोही समयको तुलनामा सात प्रतिशतको वृद्धिदर हो।

आर्थिक वर्ष २०७९/८० को नौ महिनामा २८ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो। 

चैतसम्म कुल २६९ वटा वैदेशिक लगानीका उद्योग स्वीकृत गरिएको उद्योग विभागले जनाएको छ।  चैतमा मात्रै १६ वटा उद्योगको लगानी प्रतिबद्धता स्वीकृत गरिएको छ।

Read More