काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को तेस्रो त्रैमासिक अवधि बितिसक्दा सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । आर्थिक वर्ष सकिन अब तीन महीना मात्र बाँकी रहँदा बजेट खर्च आधा मात्र भएको छ ।
चालू आवका लागि सरकारले रू. १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ५१ दशमलव ९३ प्रतिशत अर्थात् रू. ९ खर्ब ९ अर्ब ३९ करोड १४ लाख मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
सरकारको पूँजीगत खर्च समेत सन्तोषजनक छैन । महालेखाका अनुसार चैत मसान्तसम्ममा विकास लक्षित पू्ँजीगत खर्च ३२ दशमलव २४ प्रतिशत मात्र रहेको छ ।



