इरान–इजरायलबीच युद्धको सम्भावना बढेपछि फेरि बढ्न थाल्यो कच्चा तेलको भाउ


  • Himalayan Bank Limited (HBL)
इरान–इजरायलबीच युद्धको सम्भावना बढेपछि फेरि बढ्न थाल्यो कच्चा तेलको भाउ

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ शुक्रबार पुनः उकालो लागेको छ । अन्तराष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ड क्रुड’ शुक्रबार बढेर पुनः प्रतिब्यारेल ९० डलर माथि गएको छ । अमेरिकी मुद्रास्फीति दर बढेको तथ्यांक सार्वजनिक भएपछि ब्याजदर कटौतीको सम्भावना कम बन्दा बिहीबार कच्चा तेलको भाउ घटेर ९० डलर भन्दा तल बन्द भएको थियो ।

यद्दपि, इरान र इजरायलबीच युद्धको सम्भावना बढ्न थालेपछि शुक्रबार भाउ पुनः उकालो लागेको ब्लुमबर्गले उल्लेख गरेको छ । शुक्रबार ब्रेन्ट क्रुड ०.८४% ले बढेर प्रतिब्यारेल ९०.४९ डलर आसपास कारोबार भइरहेको छ । यता, अमेरिकी बेन्चमार्क ‘डब्लुटीआई क्रुड’ पनि शुक्रबार १% ले बढेर ८५.८७ डलर आसपास कारोबार भइरहेको छ ।

Read More