आगामी बजेटबारे उद्योग संगठनका दर्जन सुझाव


  • Himalayan Bank Limited (HBL)
आगामी बजेटबारे उद्योग संगठनका दर्जन सुझाव

विराटनगर — आगामी बजेटमा स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादित वस्तु निर्यात गर्दा भन्सार महसुल र अन्त:शूल्क फिर्ता पाउने  व्यवस्था गरिनुपर्ने मागसहित उद्योग संगठन मोरङले आगामी बजेटका लागि एक दर्जन बढी सुझाव अर्थमन्त्रीलाई बुझाएको छ ।

कुनैपनि उद्योगले आफनो उत्पादित वस्तु निर्यात गर्दा त्यसको कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा प्याकिङ सामाग्री स्वदेशी उद्योगबाट खरिद गरे सहुलियत नपाउने तर त्यही सामान आयात गर्दा सुविधा पाउने व्यवस्था छ । त्यो स्थानीय उद्योगकालागि व्यवहारिक नभएको सुझावमा उल्लेख छ ।

Read More