यसकारण तिर्न सकिएन किसानलाई दूधको पैसा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यसकारण तिर्न सकिएन किसानलाई दूधको पैसा

-सुमित केडिया 

अहिले दूध उत्पादक किसानहरू समस्यामा परेको र दूध खरिदकर्ताहरूले भुक्तानी नदिएको भन्ने विषय चर्चामा छ । आफुले बिक्री गरेको दूधको भुक्तानी नपाए फेरी आन्दोलन गर्ने चेतावनी दूध उत्पादक किसानहरूले दिएका छन् । यसरी दूध उत्पादक किसान र  नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गतको दुग्ध विकास संस्थान तथा निजी डेरीबिच रहेको समस्याको जड बारे जान्न दूधजन्य उद्योगका बाध्यता र दूधको उत्पादन चक्रबारे जानकारी आवश्यक हुन्छ । 

दूध उत्पादन चक्र

दूधमा दुई वटा सिजन हुन्छ । त्यो भनेको जाडो र गर्मी सिजन हो ।  संसारभरका डेरी व्यवसायीहरूले जाडो महिनाको दूधलाई सुकाएर पाउडर बनाउँछन् । गर्मी महिनामा दूधको उत्पादन २० देखि ३० प्रतिशत घट्छ । यस्तो अवस्थामा दूधको आपूर्तिलाई नियमित गर्न त्यो पाउडरलाई प्रयोग गरिन्छ । हिउँदको पाउडर दूध गर्मी  महिनामा दूध कम भएको बेला प्रयोग गर्ने हो ।

किसानहरूको दूध बिक्री नहुने नहोस् भनेर हामीले धमाधम दूध किन्यौँ । त्यो किनेको दूधको पाउडर बनायौँ । गर्मीको समयमा त्यो पाउडरलाई बिक्री गर्ने भनेर ढुक्क साथ हामीले धुलो दूध बनायौँ । तर, गर्मीमा समेत त्यो धुलो दूध खपत (प्रयोग) भएन । अनि भुक्तानीमा सकस पर्‍यो।

Read More
  • EBL Ad news