बीमातर्फ पनि मधेश पुच्छारमा


  • Himalayan Bank Limited (HBL)
बीमातर्फ पनि मधेश पुच्छारमा

वीरगन्ज । शिक्षा तर्फमात्र नभई बीमाको क्षेत्रमा पनि मधेश प्रदेश पुच्छारमा नै रहेको तथ्य खुलेको छ । सबैभन्दा बढी आवश्यकता पर्ने निम्न वर्गका मानिसलाई बीमा तर्फ आकर्षण गर्न नसक्दा जनघनत्वको बाक्लो चाप रहेको मधेशमा शिक्षा जस्तै बीमाको अवस्था पनि तथ्याँकीय रुपमा पुच्छारमा नै रहेको तथ्य खुलेको हो ।

तथ्यगत रुपमा मधेशलाई बीमाको उर्वर क्षेत्रका रुपमा प्रयोग गर्न पर्ने बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा प्राधिकरणको तर्क रहेको छ । सर्वसाधारणको धन– जनको जोखिम न्यूनिकरण गर्न मधेशमा अरु प्रदेशमाभन्दा बढि सजगता अपनाउन पर्ने बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको पनि तर्क छ । मधेशमा सबै पालिकामा जीवन तथा निर्जिवन बीमाका ’boutमा जागरण ल्याउन पर्ने उनले जोड दिए ।

Read More