काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म) छ दशमलव एक प्रतिशतले बढ्ने अपेक्षा छ ।
मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विकास आउटलुक (एडिओ) अपडेटमा व्यापक आर्थिक प्रतिकूलताहरू भए पनि बलियो निर्यात र संरचनात्मक सुधारप्रति सरकारको समर्पणका कारण चालु र आगामी वर्षहरूमा जिडिपीको विस्तारले क्रमशः गति लिने अपेक्षा गरिएको उल्लेख छ ।



