२८ चैत, काठमाडौं । गएको वर्ष २०७९ लाई सेयर बजार १९३४ अंकले बिदाइ गरेकोमा २०८० लाई भने २०२५ अंकले बिदाइ गर्यो । एक वर्ष लामो अवधिमा पनि सेयर बजार जम्मा ४.७ प्रतिशत मात्रै बढ्यो । यो वृद्धिदरमा पनि नयाँ कम्पनीको मूल्यवृद्धिले नै योगदान पुग्यो ।
यो वर्ष नेप्से २२२७ अंकभन्दा माथि जानै सकेन । साउन ७ मा नेप्से २२२७ अंकसम्म पुगेको थियो भने त्यसको एक महिनाअघि १ जेठमा न्यूनतम १८१८ अंकसम्म झरेको थियो ।





