काठमाडौं : चीनको सरकारी स्वामित्व भएको बहुराष्ट्रिय इन्भेष्टमेन्ट बैंक ‘चाइना इन्टरनेसनल क्यापिटल कर्पोरेशन’ का अध्यक्षले आफ्ना दाजु सेयर बजार नियामक प्रमुख नियुक्त भएपछि पदबाट राजीनामा दिएका छन् । दाजु सेयर बजार नियामक ‘चाइना सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी)’ को प्रमुख भएको दुई महिनापछि भाईले चाइना इन्टरनेसनलको अध्यक्ष पदबाट राजीनामा दिएको ब्लुमबर्गले उल्लेख गरको छ ।
ठूला चिनियाँ इन्भेष्टमेन्ट बैंकमध्येको एक चाइना इन्टरनेसनलमा झण्डै २ दशकदेखि काम गरेका ‘वु बो’ गत फेब्रुअरीमा सीएसआरसीको अध्यक्षमा नियुक्त भएका ‘वु छिङ’ का कान्छो भाई हुन् । सीएसआरसीले चाइना इन्टरनेसनल क्यापिटलसहित चीनका सबै ब्रोकरेज कम्पनीहरुको निरीक्षण र नियमन गर्र्छ । साथै, देशको ९० खर्ब डलरको सेयर बजार र पुँजी बजार गतिविधिहरुको विस्तृत श्रृंखलालाई नियमन गर्ने गर्दछ ।





