साढे दुई खर्बले घट्यो ३ देखि १२ महिने अवधिको मुद्दति निक्षेप


  • Himalayan Bank Limited (HBL)
साढे दुई खर्बले घट्यो ३ देखि १२ महिने अवधिको मुद्दति निक्षेप

बैंक तथा वित्तीय संस्थाले कम अवधिको मुद्दति निक्षेपमा प्राथमिकता दिन छाडेसँगै यस्तो अवधिको निक्षेप उच्च दरले घटेको छ।विगत १० महिनाको अवधिमा ३ देखि १२ महिने अवधिको मुद्दति निक्षेप २ खर्ब ६९ अर्ब ४२ करोड रूपैयाँले घटेको हो। 

गत वैशाखमा वाणिज्य बैंकहरूले ३ देखि ६ महिना अवधिको ६ खर्ब २१ अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन गरेका थिए। गत फागुनमा आइपुग्दा यस्तो निक्षेप १२ प्रतिशतले घटेर ५ खर्ब ४४ अर्ब रूपैयाँमा सीमित भएको हो। 

त्यस्तै, गत जेठमा बैंकहरूले ६ देखि १२ महिना अवधिको १० खर्ब ३० अर्ब रूपैयाँ बराबर निक्षेप संकलन गरेका थिए। फागुनमा आइपुग्दा यस्तो निक्षेप १८.७० प्रतिशतले घटेर ८ खर्ब ३७ अर्ब रूपैयाँमा सीमित भएको छ। 

Read More