काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा बैंकहरुले सवारी कर्जामा मात्र १ खर्ब १६ अर्ब भन्दा बढी लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको फागुन महिनाको वित्त रिपोर्ट अनुसार वाणिज्य बैंकहरुले हायर पर्चेज कर्जाको शीर्षकमा १ खर्ब १६ अर्ब १८ करोड ५० लाख रुपैयाँ लगानी गरेका हुन् ।
यो अघिल्लो माघ महिनामाको तुलनामा ३.८५ प्रतिशतले बढी हो । माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले हाइयर पर्चेज कर्जामा कूल १ खर्ब ११ अर्ब ८७ करोड ७० लाख रुपैयाँ लगानी गरेका थिए ।



