अब नेपालमा पनि गुगलको आधिकारिक प्रतिनिधि, मेडियले पायो जिम्मा


  • Himalayan Bank Limited (HBL)
अब नेपालमा पनि गुगलको आधिकारिक प्रतिनिधि, मेडियले पायो जिम्मा

अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रुपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ ।

 

कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युव र डिस्प्लेलगायतका सेवासम्बन्धी सेवा प्रदान गर्नेछ । लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउनका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि विभिन्न सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

गुगलमा प्रयोगकर्ताहरुले प्रत्येक दिन अर्बौ पटक विभिन्न कुराहरु खोजी गर्छन्। गुगल एडमार्फत विज्ञापनदाताले प्रयोगकर्ताहरुका ती रुचि र आवश्यकताअनुसारका सूचना, प्रडक्ट र सेवाका माध्यमबाट उनीहरुसम्मको पहुँच स्थापित गर्नमा कम्पनीले सहयोगी भूमिका खेल्नेछ ।

Read More