कारोबार नबढ्दा फाइनान्स कम्पनीको नाफामा दबाब, ऋणीले ऋण तिर्नै छोडेपछि ५ कम्पनीको नाफा ‘माइनस’मा !


  • Himalayan Bank Limited (HBL)
कारोबार नबढ्दा फाइनान्स कम्पनीको नाफामा दबाब, ऋणीले ऋण तिर्नै छोडेपछि ५ कम्पनीको नाफा ‘माइनस’मा !

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा फाइनान्स कम्पनीहरुले करिब २३ करोड रुपैयाँ नाफा कमाएका छन् । साउनदेखि फागुनमसान्तसम्म फाइनान्स कम्पनीहरुले २२ करोड ८८ लाख खुद नाफा आर्जन गरेका हुन् ।

फागुनसम्ममा सबैभन्दा धेरै नाफा मन्जुश्री फाइनान्स लिमिटेडले कमाएको छ । कम्पनीले यसअवधिमा १६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, दोस्रो धेरै नाफा कमाउने गोर्खाज फाइनान्सले १३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, आईसिएफसी फाइनान्सले ८ करोड ४६ लाख, गुडविल फाइनान्सले ३ करोड ३ लाख, पोखरा फाइनान्सले २ करोड ७६ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले २ करोड ७० लाख, मल्टिपर्पोस फाइनान्सले २ करोड १ लाख, जानकी फाइनान्सले १ करोड ४८ लाख, नेपाल फाइनान्सले १ करोड ३६ लाख र बेष्ट फाइनान्सले ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Read More