अमेरिकी सहयोग परियोजना (एमसिसी) अन्तर्गत प्रसारण लाइन निर्माणको काम अघि बढाइएको छ।
एमसिसी परियोजना अन्तर्गतको ३१५ किलोमिटर प्रसारण लाइनमध्ये १८ किलोमिटर (न्यू बुटवलदेखि भारतीय भूमिसम्म) को प्रसारण लाइन निर्माणलाई पहिलो प्राथमिकता राखेर निर्माण प्रक्रिया अघि बढाइएको हो।
परियोजना कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालले चैत २ गते न्यू बुटवल सबस्टेसनदेखि भारतीय भूमिसम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माणको लागि टेन्डर प्रस्ताव माग गरेको थियो।



