काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्कालको लागि रोकिएको छ । उम्मेदवारमा कर्पोरेट घरानाको नाम जोडिएको भन्दै अर्थमन्त्री वर्षमान पुनले असन्तुष्टि जनाउँदै तत्कालको लागि अध्यक्ष छनोट प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । यसअघि अध्यक्ष छनोट समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेर बिहीबार कार्ययोजना प्रस्तुत गर्ने तालिका तयार भएको थियो ।



