काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म नेपालमा सञ्चालित २० वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड खुद नाफा कमाएका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस बैंकले ४ अर्ब ७२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।



