काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा अध्यादेश ल्याउने बताएका छन् । आज उद्योग वाणिज्य महासंघको ५८औं वार्षिकोत्सवमा सम्बोधन गर्ने क्रममा उनले लगानी सम्मेलनमार्फत स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीका लागि आकर्षण गर्न अध्यादेश मार्फत एकैपटक १२ वटा कानुन संशोधन गर्न लागेको बताएका हुन् ।
अहिले अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक बन्दै गए पनि अर्थतन्त्रमा केही समस्या रहेको उनले स्वीकार गरे । उनले राष्ट्रिय आकांक्षा र आवश्यकताअनुरुप अर्थतन्त्रले अपेक्षित प्रगति हासिल गर्न बाँकी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिनका लागि थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।


