धितोपत्र बोर्डको अध्यक्षका ५ जना प्रत्यासीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको अध्यक्षका ५ जना प्रत्यासीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनोट प्रक्रिया अगाडी बढ्ने भएका छ। १९ मध्य छानिएका पाँच जनाले बिहीबार आफ्नो कार्ययोजना प्रस्तुत गर्ने तय भएको छ । 

छनोट समितिले पाँचै जना प्रतिस्पर्धीलाई बिहीबार कार्ययोजना प्रस्तुत गर्न बोलाएको हो।

नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदको सम्भावित पाँचमा नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ,धितोपत्र बोर्डमै कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ रहेका छन्। 

Read More