गण्डकी प्रदेशमा ५ वर्षभित्र १२ खर्व लगानी हुने, सरकारले छान्यो महत्त्वपूर्ण कार्यक्रम


  • Himalayan Bank Limited (HBL)
गण्डकी प्रदेशमा ५ वर्षभित्र १२ खर्व लगानी हुने, सरकारले छान्यो महत्त्वपूर्ण कार्यक्रम

पोखरा । गण्डकी प्रदेशभित्र ५ वर्षमा झन्डै १२ खर्व लगानी हुने प्रक्षेपण गरिएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आगामी पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै ११ खर्व ९२ अर्ब लगानी हुने प्रक्षेपण गरेको हो । सबैभन्दा ठुलो हिस्सा निजी क्षेत्रको हुने अनुमान छ । 

निजी क्षेत्रबाट ५७ प्रतिशत अर्थात् ६ खर्ब ७५ अर्ब लगानी हुने प्रक्षेपण गरिएको उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जानकारी दिए । उनका अनुसार सार्वजनिक क्षेत्रबाट ३७ प्रतिशत अर्थात् ४ खर्ब ४५ अर्ब र सहकारीबाट ६ प्रतिशत अर्थात् ७२ अर्ब १५ करोड लगानी हुने अनुमान गरिएको छ ।

Read More