देशभर ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात, खपत बढाउन सुरक्षा निकाय गुहारिँदै !


  • Himalayan Bank Limited (HBL)
देशभर ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात, खपत बढाउन सुरक्षा निकाय गुहारिँदै !

काठमाडौं । देशभर करीब ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात रहेको नेपाल डेरी एसोसियशनले जनाएको छ । 

एसोसियशनले आज जारी गरेको प्रेस विज्ञप्तिमा खपत नबढ्दा र आयात बढ्दा नौनी, पनिर, घ्यूलगायतको मौज्दात बढिरहेको जनाएको छ । 

दुग्धजन्य पदार्थको मौज्दात बढेपछि डेरी उद्योगी समस्यामा परेको भन्दै डेरी एसोसियशनले खपत बढाउन सुरक्षा निकायलाई अनुरोध गरिसकेको पनि जनाएको छ । 

Read More