टिकटक बन्द हुँदा ५ महिनामै ३ अर्ब आय गुमेको दाबी


  • Himalayan Bank Limited (HBL)
टिकटक बन्द हुँदा ५ महिनामै ३ अर्ब आय गुमेको दाबी

२७ चैत, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेपछि टेलिकम सेवा प्रदायक कम्पनीहरू प्रभावित भएका छन् । टेलिकम कम्पनीहरूको दाबी पत्याउने हो भने टिकटक बन्द भएको ५ महिनामा मात्रै ३ अर्ब रूपैयाँ बराबरको आय गुमेको छ ।

सामाजिक सद्‍भाव बिगारेको भन्‍दै सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णयको थियो । मंगलबार प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले कात्तिकसम्म नेपालमा सबैभन्दा धेरै चल्‍ने सामाजिक सञ्जाल टिकटक नै थियो।

Read More