हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरण : सीआईबीद्वारा ३ जना पक्राउ


  • Himalayan Bank Limited (HBL)
हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरण : सीआईबीद्वारा ३ जना पक्राउ

२७ चैत, काठमाडौं । हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेर ठगीको कसूरमा अनुसन्धान अघि बढाएको हो । पक्राउ परेकाहरूको हकमा सीआईबीले अहिलेसम्म औपचारिक रुपमा केही बोलेको छैन ।

सीआईबी उच्च स्रोतका अनुसार पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समिति सदस्य रामहरि अधिकारी छन् ।

Read More