समस्याग्रत नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको संयोजक बन्न आवेदन दिएका पाँच उम्मेदवारमध्येबाट रोशन कुमार अधिकारी छनोट भएका छन् ।
कम्पनीको व्यवस्थापन समूहको संयोजक पद पदपूर्ति गर्न नेपाल राष्ट्र बैंकले दरखास्त माग गरेको थियो । सोही बमोजिम दरखास्त दिएका मध्येबाट पाँच जनालाई छनोट गरि बैंकले व्यवसायिक कार्ययोजना पेश गर्न भनेको थियो । कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका मध्ये प्रकाश घिमिरे र गोविन्द प्रसाद शर्मा रहेका वैकल्पिक उम्मेदवारमा परेका छन् ।



