वैदेशिक शिक्षा: ७ महिनामा बाहिरियो ६६ अर्ब


  • Himalayan Bank Limited (HBL)
वैदेशिक शिक्षा: ७ महिनामा बाहिरियो ६६ अर्ब

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षाको नाममा ६६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष, २०७९÷८० मा यही शीर्षकमा एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । 

९० हजार बढीले लिए एनओसी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चैत्र १२ सम्म ९० हजार १६९ जना विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) माग गरेका छन् । गत वर्ष माघ मसान्तसम्म ५१ हजार ८१६ जना विद्यार्थीले एनओसी लिएका थिए ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ ।

Read More