औद्योगिक क्षेत्र र सेजमा लगानी खोजिँदै


  • Himalayan Bank Limited (HBL)
औद्योगिक क्षेत्र र सेजमा लगानी खोजिँदै

काठमाडौं । सरकारले नयाँ विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रहरू विकास गर्न करीब २७ अर्ब रुपैयाँ लगानी निजीक्षेत्रबाट आकर्षित गर्न खोजेको छ । निर्यात प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिने विशेष आर्थिक क्षेत्र (सेज) विकास गर्ने सरकारी नीति रहँदै आए पनि हालसम्म दुईओटा सेज मात्र विकास भएको छ ।

आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटमा सातै प्रदेशमा १/१ ओटा सेज बनाउने र आव २०७६/७७ को बजेटमा प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र विस्तार गर्ने घोषणा भएको थियो । सिमरामा एउटा ब्लक सेज तयार भए पनि घोषित एउटा औद्योगिक क्षेत्रको विकास भएको छैन । यस परिप्रेक्ष्यमा सरकारले सेज तथा औद्योगिक क्षेत्र विकासमा निजीक्षेत्रको लगानी चाहेको हो । वैशाख १६ र १७ गते तय गरिएको लगानी सम्मेलनमा सेजका तीनओटा परियोजना र एउटा औद्योगिक क्षेत्रका लागि लगानी आह्वान गर्ने सरकारी तयारी छ ।

Read More