नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरे संसदकाे बैठक चल्न नदिने निर्णय गरेको छ।
साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन्।
मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।



