सहकारी समस्या समाधानमा राजनीतिक इच्छाशक्ति चाहिन्छ


  • Himalayan Bank Limited (HBL)
सहकारी समस्या समाधानमा राजनीतिक इच्छाशक्ति चाहिन्छ

सहकारी स्थापनाको पृष्ठभूमि के हो ? विश्वमा विभिन्न मुलुकले सहकारीको उपयोग कसरी गरिरहेका छन् ? 

स्वनियमनमा चल्ने र आफ्ना सदस्यहरूद्वारा नियन्त्रित स्वभाव सहकारीको हो। विश्वमै पनि यहीँ मान्यताअनुरूप नै सहकारी सञ्चालन भएको पाइन्छ। श्रमिकहरूले आफ्ना बालबालिकाको शिक्षादीक्षाको समस्या समाधान गर्न संगठित भएर सानो बचतबाट सुरु गरेको सहकारीको पृष्ठभूमि हो। 

 

आधुनिक विश्वले गरिबी निवारण गर्ने सहयोगीका रूपमा सहकारीलाई लिएको छ। खासगरी आफ्नो समुदायको आर्थिक, सामाजिक, संस्कृतिक हितको संरक्षण गर्ने महत्वपूर्ण माध्यम नै सहकारी हो। आधुनिक सहकारीको इतिहास सन् १८४४ को डिसेम्बर २१ का दिन बेलायतको म्यानचेस्टर सहरबाट सुरु भएको हो। औद्योगिक क्रान्तिपश्चात् बेलायतको रोचडेल सहरमा बसोबास गर्ने कपडा कारखानाका मजदुरहरूले सहकारीको सुरुवात गरेका थिए। त्यसपछि जर्मनी, अमेरिका, इटाली, क्यानडालगायतका मुलुकमा सहकारी स्थापना भएको पाइन्छ। सन् १९०४ मा भारतमा र सन् १९१२ चीनमा कृषि सहकारी सस्थाहरू गठन भई विश्वमा सहकारीको दायरा विस्तार भएको पाइन्छ। विश्वमा सहकारीले महत्वपूर्ण योगदान दिएको छ।

Read More