काठमाडौँ । मुख्य सचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचारको कसुरमा स्वाभाविक छानबिनमा छन् । सञ्चार मन्त्रालयको सचिव हुँदा सेक्युरिटी प्रिन्टिङ खरिदमा निर्णय लिँदा अर्यालले ठुलै लाभ लिएको आरोप छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र मुख्य सचिव अर्यालबिच ‘संदिग्ध आर्थिक लेनदेन’ भएको देखिन्छ । अर्याल यस प्रकरणमा मात्रै नभएर टेरामक्स खरिद प्रकरणमा पनि जोडिएका छन् । अख्तियारले उनीसँग बयान लिइसकेको छ । अन्तःशुल्क स्टिकर खरिदमा समेत अर्याल जोडिएका छन् ।



