२७ चैत, काठमाडौं । आइतबार समग्र बजार १.१३ प्रतिशत बढ्दा फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ५.९५ प्रतिशत बढ्यो । सो वृद्धिपछि फाइनान्स समूह २ वर्षयताकै उच्चतम विन्दुमा पुगेको छ ।
आइतबार बजार बन्द हुँदा यो समूहको सूचक २०१० अंकमा कायम भएको छ । जुन अंक कारोबार बन्द हुँदा १७ चैत २०७८ यताकै उच्च हो । सो दिन यो समूहको सूचक २०२६ अंकमा थियो । त्यसयता निरन्तर २०१० भन्दा तल रहँदै आएको थियो ।





