बीमालाई विश्वासिलो बनाउन बीमालेख जारी भएकै स्थानबाट दाबी फर्छ्याैट हुनपर्छ : अध्यक्ष सिलवाल


  • Himalayan Bank Limited (HBL)
बीमालाई विश्वासिलो बनाउन बीमालेख जारी भएकै स्थानबाट दाबी फर्छ्याैट हुनपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमालाई बढी विश्वासिलो बनाउनका लागि बीमालेख जारी भएकै स्थानबाट दाबी फछ्र्यौटको व्यवस्था गर्नु आवश्यक भएको बताएका छन ।

सोमबार नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा आज बीमकका प्रदेशमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन । 
अध्यक्ष सिलवालले भने, “आर्थिक सहायताबाट समस्या समाधान नभई क्षणिक खुशी प्राप्त हुन्छ, बीमाबाट मात्र समग्र समस्याको समाधान हुन्छ, गरीबी निवारणमा सहयोग पुग्छ, दैनिक दुई कप चिया कम गरेर त्यसबाट बचत हुने रकमले बीमा गरेमा भविष्य सुनिश्चित हुन्छ, यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।”

Read More