बैंकहरूलाई खराब ऋण असुलीमा सकस, ऋण असुली न्यायाधिकरणमा मुद्दा संख्या दोब्बर


  • Himalayan Bank Limited (HBL)
बैंकहरूलाई खराब ऋण असुलीमा सकस, ऋण असुली न्यायाधिकरणमा मुद्दा संख्या दोब्बर

काठमाडौं । बैंक, वित्तीय संस्थाको खराब कर्जा असुली गर्न गठन भएको ऋण असुली न्यायाधिकरणमा मुद्दाको संख्या दोब्बरभन्दा माथि पुगेको छ । आर्थिक गतिविधिमा आएको कमीसँगै बैंकहरूको कर्जा असुलीसमेत प्रभावित भएपछि न्यायाधिकरणमा मुद्दाको संख्या बढ्न थालेको हो ।

बैंकहरूले राखेको धितो लिलामीबाट समेत ऋण असुल नभएपछि न्यायाधिकरणमा मुद्दा दर्ता गर्न पाउँछन् । आर्थिक मन्दीसँगै घरजग्गाको मूल्य घट्दा धितोबाट ऋण असुली हुने अवस्था नभएकाले मुद्दाको संख्या बढेको न्यायाधिकरणका सूचना अधिकारी देवेन्द्र ढकालले बताए ।

चालू आर्थिक वर्ष (आव) २०८०/८१ को फागुनसम्ममा बैंक, वित्तीय संस्थाहरूले न्यायाधिकरणमा ३४२ ओटा मुद्दा दर्ता गरेका छन् । गत आवको यसै अवधिमा १६२ ओटा मात्र मुद्दा दर्ता भएकोमा यस वर्ष दोब्बरले बढेको हो । गत आवभरिमा न्यायाधिकरणमा २ सयओटा मात्र मुद्दा दर्ता भएका थिए । चालू आवको ८ महीनामै मुद्दाको संख्या साढे ३ सय पुग्न लागेको छ ।

Read More