पारित भएको ८ महीना बित्न लाग्दा पनि समाज लघुवित्तले सूचीकृत गराएन बोनस शेयर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पारित भएको ८ महीना बित्न लाग्दा पनि समाज लघुवित्तले सूचीकृत गराएन बोनस शेयर

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर पारित भएको ८ महीना बित्न लाग्दा पनि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको छैन । 

कम्पनीको गत साउन ३१ मा सम्पन्न पाँचौं वार्षिक साधारण सभामार्फत कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सभाले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट २ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

Read More