२६ चैत, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले व्यावसायिक उत्पादन अनुमति पाएको छ ।
हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले व्यावसायिक रूपमा अर्गानिक गुन्द्रुक उत्पादनको अनुमति पाएको हो ।



