सरकारले स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्र सेवक कर्मचारीलाई अनिवार्य सहभागी गराउने भएको छ । स्वास्थ्य बीमा बोर्डले राष्ट्र सेवक कर्मचारीलाई पनि अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने भएको हो ।
बोर्डले यसअघि सर्वसाधारणलाई प्राथमिकता राख्दै आएको थियो । बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले अबदेखि सबै सङ्गठित संस्थाका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध गराउने बताए । उनले कानुनमा सङ्गठित संस्थाका कर्मचारीलाई अनिवार्य स्वास्थ्य बीमा गराउने भन्ने उल्लेख गरिएको भन्दै यसलाई कार्यान्वयनतर्फ लैजान खोजिएको बताए ।


