काठमाडौँ । सरकार यतिबेला तेस्रो लगानी सम्मेलनको अन्तिम तयारीमा जुटेको छ । सम्पूर्ण राज्यशक्ति वैशाख १६ र १७ गते काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलनमा केन्द्रित छ । सरकारका सबैजसो निकाय लगानीका लागि बाधक बनिरहेका कानुन संशोधन एकमुष्ट रूपमा गर्नेदेखि आयोजनाको पहिचान र लगानीकर्तालाई निम्तो पठाउनेसम्मको काम भइरहेको छ ।



