भारतीय शेयर बजारमा सोमबार नयाँ कीर्तिमान, एसियाली शेयर बजारमा हरियाली


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारतीय शेयर बजारमा सोमबार नयाँ कीर्तिमान, एसियाली शेयर बजारमा हरियाली

सोमबार भारतीय शेयर बजार उच्च विन्दुमा पुगेकाे छ । साताको पहिलो कारोबार दिनको सुरुवाती कारोबारमा नै शेयर बजार हरियो अंकमा खुल्याे । सुरूवातमा नै सेन्सेक्स ३०७ अंक भन्दा धेरैले बढेर ७४,५५५ विन्दुमा पुग्याे। अर्कोतर्फ, निफ्टी पनि ६४.६० अंकले वृद्धि हुँदा २२,५७८ को विन्दु पार ग-याे । 

भारतकाे शेयर बजारले सोमबार नयाँ कीर्तिमान रचेको छ । आज पहिलो पटक सेन्सेक्स ४९६ अंकले बढेर ७४,७४५ विन्दुमा पुगेको छ । योसँगै निफ्टी २२,६५१ को स्तरमा काराेबार भइरहेकाे छ ।

आज सेन्सेक्सका ३० वटा शेयरमध्ये २७ वटा उकालो र ३ वटा घटिरहेका छन् ।

यसबाहेक बन्धन बैंकको शेयरमा पनि ६ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ । खासगरी, कम्पनीको शेयरमा यो दबाब सीईओ चन्द्रशेखर घोषको राजीनामापछि आएको हो ।

आजकाे काराेबारमा निफ्टी कंज्यूमर ड्यूरेबल्समा २.०६ प्रतिशतको उच्चतम वृद्धि देखिएको छ। यस बाहेक, निफ्टी रियल्टीमा १.२६ प्रतिशत, निफ्टी अटोमा ०.३६ प्रतिशत, निफ्टी फाइनान्सियल सर्भिसहरूमा ०.२३ प्रतिशत र एफएमसीजीमा ०.२३ प्रतिशतको वृद्धि देखिएको छ। यस्तै, निफ्टी पीएसयू बैंकमा ०.१८% को गिरावट देखिएको छ।

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार पनि भारतीय शेयर बजारमा सामान्य वृद्धि भएको छ । त्यस दिन सेन्सेक्स २० अंकले बढेर ७४,२४८ विन्दुमा बन्द भयो। यस्तै, निफ्टी स्थिर रहेर २२,५१३ को स्तरमा सपाट बन्द भएकाे थियाे। सेन्सेक्सका ३० वटा शेयरमध्ये १७ वटामा गिरावट र १३ वटाले वृद्धि भएकाे थियाे ।

Read More