मारुती सिमेन्टले अहिले उत्पादन गरिरहेको क्षमतालाई बढाउने योजनासहित ६ अर्ब २१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीसँग अहिले दैनिक १५ सय मेट्रिक टन क्लिङ्कर र २ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ ।
कम्पनीले थप लगानी गरेर दैनिक १५ सय मेट्रिक टनबाट ३३ सय मेट्रिक टन क्लिङ्कर र २ हजार मेट्रिक टनबाट ४ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने योजना बनाएको छ ।



