काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट फरक खालको ल्याउने उनले बताएका छन् । आइतबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले भने, ‘यस पटकको बजेट अहिले समावेशी र फरक खालको बनाउने योजनामा छौं । गत वर्ष बजेट एउटा राजनीतिक दलबाट निर्देशित र मौद्रिक नीति अर्कै आस्थाबाट निर्देशित भए भन्ने विडम्बनापूर्ण टिप्पणी सुनियो । तर, यस पटक बजेट र मौद्रिक नीतिको तादम्यता मिल्नेछ ।’



