व्यवस्थापन संघले पछिल्लो उत्पादनमूलक क्षेत्र र निर्माण क्षेत्रको सुधारको लागि सरकारलाई पूँजीगत खर्च बढाउन सुझाव दिएको छ।
आइतबार संघले काठमाडाैंमा आयोजना गरेको प्रि बजेट छलफलमा संघले गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै लगातार दुई वर्षको निर्माण क्षेत्रको ऋणात्मक आर्थिक बृद्धिदर सहि दिशमामा अघि बढाउन तीनै तहको सरकारले पूँजीगत खर्च बढाउनुपर्ने सुझाव दिएको हो।
पूँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने र सरकारको राजस्व समेत बढ्ने छ। जसले पछिल्लाे दुई वर्षदेखि ऋणात्मक रहेको उत्पादनमूलक उद्योगको सकारात्मक प्रभाव पर्ने सँघले जनाएको छ।



