भारतले कुरा फेर्दा पेट्रोलियम लाईनका तीन परियोजना अन्योलमा


  • Himalayan Bank Limited (HBL)
भारतले कुरा फेर्दा पेट्रोलियम लाईनका तीन परियोजना अन्योलमा

काठमाडौं । दोस्रो चरणको पेट्रोलियम पाइपलाई निर्माणमा लगानी मोडालिटीको अस्पष्टताको कारण तीनवटा महत्वपूर्ण परियोजनाको निर्माण अन्यौलता परेको छ । प्रधानमन्त्री पुष्प कमल दाहालको भारत भ्रमणको क्रममा भएको सम्झौतामा यी परियोजना ६ महिना भित्र सुरु गर्ने कुरा उल्लेख भएपनि भारतले कुरा फेर्दा निर्माण अनिश्चितता बढेको हो ।

यो परियोजनाका लागि भारतले ऋण दिने वा अनुदान दिने भन्ने विषय स्पष्ट पारेको छैन । जबकि सो सम्झौता भएको बेला भारतले अनुदानमा बनाइदिने भन्ने बुझाई रहेको थियो । यसबारे सम्बद्ध अधिकारीहरूसँग कुरा गर्दा लगानीको मोडिलाटी टुङ्गो लगाउने प्रयास भइरहेको बताउँछन् ।

Read More