भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपराइटरबाट घुस रकम लिई आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा खरिद गरेको अख्तियारको ठहर छ । अख्तियारले भट्टराईकी आमा जनक नन्दनीलाई पनि छोराको मतियारको रुपमा कसुरदार ठहर गर्दै उनको नामको जग्गा जफत र बराबार बिगो र कैद सजाय मागदाबी गरिएको छ । दुवैका लागि ८० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
कोषका इन्जिनियर भट्टराई नवलपरासीको रामग्रामस्थित कोषको जग्गा व्यक्तिलाई भाडामा दिने प्रकरणमा पनि जोडिएका व्यक्ति हुन् ।


