अर्थमन्त्री वर्षमान पुनले वीरगञ्ज भन्सार कार्यालयमा राजस्व चुहावट नियन्त्रण समितिको बैठक राखेका छन्।
बैठकमा अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल, वीरगञ्ज भन्सारका प्रमुख डिलाराम पन्थी, बारा, पर्सा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत सहभागी थिए।
मन्त्री पुनले चोरी पैठारी नियन्त्रण गरी राजस्व चुहावट नियन्त्रण गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिए। चौरी पैठारी नियन्त्रण गर्दा राम्रा र वैध बाटोबाट काम गर्ने व्यवसायीलाई फाइदा पुग्ने र खराब प्रवृत्तिहरू दण्डित हुने उनको भनाइ थियो।



