आइडियल यमुना सहकारी अध्यक्ष उप्रेती सम्पर्क बिहीन


  • Himalayan Bank Limited (HBL)
आइडियल यमुना सहकारी अध्यक्ष उप्रेती सम्पर्क बिहीन
आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष केबी उप्रेती बेपत्ता भएका छन् । उपचार गर्न भारत जान्छु भन्दै हिँडेका उप्रेती दुई महिनासम्म पनि फर्किएका छैनन् । अहिले ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको यो  सहकारीका करिब २ सय बचतकर्ताले करिब २ अर्ब बचत फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका छन् ।   

आइडियल युमना हाम्रो बहुउद्देश्यीय सहकारी ६ वटा संस्था मर्ज भएर बनेको थियो । यसको कुल निक्षेप तथा सम्पत्ति करिब ८ अर्ब रुपैयाँ र सेयर सदस्य  ३० हजारभन्दा बढी पुगेका थियो । मर्जपछि पनि सहकारी संकटमुक्त नहुँदा उप्रेती फरार भएका हुन् ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका उप्रेती सहकारीबाट लिएको ब्यक्तिगत कर्जाको साँवाब्याज तिर्न नसक्ने र भएको संस्था समेत संकटग्रस्त भएपछि  तनाब अवस्थामा रहेका थिए । आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था संकटमा परेपछि उनी नेपालमा पक्राउ पर्ने डरले भारत गई बसेको स्रोत बताएको छ । 
Read More