निर्माण उद्योगमैत्री कानून निर्माण गर्न निर्माण व्यवसायीको माग


  • Himalayan Bank Limited (HBL)
निर्माण उद्योगमैत्री कानून निर्माण गर्न निर्माण व्यवसायीको माग

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले ३० बुुँदे घोषणापत्र जारी गर्दै आफ्नो २५औं साधारणसभा सम्पन्न भएको जानकारी दिएको छ । निर्माण उद्योगमैत्री ऐन, कानूनको मागसहित निर्माण उद्योगमा देखिएको भुक्तानी, मूल्य समायोजन, ठेक्का फरफारक, व्यवसायीमाथि अनाहकमा हुने कारबाहीको अन्त्य लगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको बताइएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले साधारणसभाले शिथिल अवस्थामा रहेको अर्थतन्त्र उकास्न निर्माण उद्योगलाई चलायमान बनाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको बताएको छ । महासंघका अध्यक्ष रवि सिंहले भुक्तानीका विषयमा साधारणसभामा प्रधानमन्त्रीबाट भएको सम्बोधनले आफूहरू उत्साहित रहेको भन्दै चाँडै व्यवसायीको रकम भुक्तान हुने विश्वास व्यक्त गरे ।

Read More