काठमाडौँ — प्रसंग करिब ६ दशकअघिको हो । माघको महिना थियो । तत्कालीन राजा महेन्द्रले काठमाडौं भूगोलपार्कमा एउटा बैंकको उद्घाटन गरे । नाम थियो– कृषि विकास बैंक ।राजा महेन्द्रबाट वि.सं. २०१७ मा प्रजातन्त्रको अपहरण भयो । दुईतिहाइको जननिर्वाचित सरकार अपदस्थ गरेर उनले एकदलीय व्यवस्था लागू गरे ।
‘नेपालमा अब चीन हावी हुन सक्छ, हामीले नेपाललाई जोगाउनुपर्छ’ भनेर अमेरिकाले क्विन्ट लिन्ड्से, डेभिडलगायत केही व्यक्तिलाई नेपाल पठायो ।


