स्थानीय तहको सञ्चित निक्षेप हट्दा सिडि रेसियो ८१ प्रतिशत नजिक


  • Himalayan Bank Limited (HBL)
स्थानीय तहको सञ्चित निक्षेप हट्दा सिडि रेसियो ८१ प्रतिशत नजिक

स्थानीय तहको सञ्चित रकम निक्षेपका रुपमा गणना गर्न पाउने नियम हटेसँगै बैंक तथा वित्तीय संस्थाको सिडि रेसियो ८१ प्रतिशत नजिक पुगेको छ ।

अर्थ मन्त्रालयको निर्देशन अनुसार गत मङ्गलबारदेखि नै स्थानीय तहमा जाने ६० प्रतिशत पैसा निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था हटाइएको हो । उक्त व्यवस्थाबाट करिब ८० देखि ९० अर्ब थप रुपैयाँ बैंकले निक्षेपका रुपमा पाएका थिए । व्यवस्था हटेसँगै हाल बैंकहरुको कर्जा निक्षेप अनुपात ८०.८६ प्रतिशतको विन्दुमा पुगेको छ ।

Read More