काठमाडौं । आठ वर्षअघि शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम यसबिच सधैँ चर्चामा रह्यो । कहिले नीतिगत फेरबदल त कहिले समयमा भुक्तानी नगरेका कुराहरूले यसलाई समाचारका शीर्षकमा ल्याइरह्यो ।
सैद्धान्तिकरुपमा निकै नै राम्रो कार्यक्रम भए पनि पछिल्लो समय भने स्वास्थ्य बीमाप्रति आम नागरिकको वितृष्णा बढ्न थालेको छ । जबकी यो कार्यक्रमहरूले आफ्नो दायरा विस्तार गर्दै ७७ जिल्लाबाट सेवा दिइरहेको छ ।
यसप्रति सर्वसाधारणको आकर्षण घटेको पछिल्लो प्रमाण हो, कूल बीमितमध्ये ६२.११ प्रतिशतले मात्र बीमा नवीकरण गरेको तथ्यांक । यो किन भयो ? यसको कारण बीमा बोर्डका सबै जिम्मेवार व्यक्तिहरूलाई थाहा छ ।



