काठमाडौं : खाद्यान्नको विश्वव्यापी मूल्य घट्ने क्रममा ब्रेक लागेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य एजेन्सीको ‘विश्व खाद्य मूल्य सूचकांक’ मार्च महिनामा ११८.३ कायम भएको रोयटर्सले उल्लेख गरेको छ । फेब्रुअरीमा भने लगातार सातौं महिना घटेर खाद्यान्नको मूल्य सूचकांक ३ वर्षयताकै न्यून अर्थात ११७ विन्दु कायम रहेको थियो ।
विश्व खाद्य मूल्य सूचकांक ३ वर्षयताकै न्यून विन्दुमा पुगेर मार्च महिनामा बढेको हो । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनको सूचकांकले विश्वव्यापीरुपमा सबैभन्दा बढी कारोबार हुने खाद्य वस्तुहरुको मूल्य मापन गर्ने गर्दछ । खाद्यान्नको विश्वव्यापी मूल्य सन् २०२२ मार्च महिनाको ऐतिहासिक उचाइबाट तीव्र गतिमा घट्दै आएको थियो ।



